Sunday 16th of June 2024

सम्सी गाँउपालिकाको एम्बुलेन्स प्रदेश सांसदद्धारा व्यक्तिगत कार्यमा प्रयोग

0 Shares

गौशाला ः महोत्तरीको सम्सी गाँउपालिकाको एम्बुलेन्स प्रदेश सांसदले एक वर्षदेखी आफ्नो व्यक्तिगत कामकाजमा प्रयोग गर्दै आइरहेको रहस्य खुलेको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद रीना यादवले भारतीय राजदुतावासले सहयोगमा एक वर्ष अगाडी पोखरभिन्डा स्वास्थ्य चौकीको नाममा दिएकोे  ना २ च २५८ नम्बरको एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरी आफ्नो व्यक्तिगत कामकाजमा प्रयोग गर्दै आएको सम्सी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीले बताए ।

पोखरभिन्डा स्वास्थ्य चौकीको नाउमा बुझेको एम्बुलेन्स यादवले आफ्नो व्यक्तिगत कामकाजमा प्रयोग गर्दै आएको अन्सारीले बताए । जिल्लामा कोभिडका कारण मृत्यु हुने क्रम नरोकिएकोले संक्रमणको जोखिम कायम नै रहेको हुँदा जिल्ला प्रशासन कार्यालयले नियमित रुपले बैठकबाट कोभिडका बिरामीलाई अस्पताल लैजान र आवश्यक परे अन्य ठाउँमा पठाउन निर्देशन दिए पश्चात प्रदेश सांसद यादवलाई सम्सी गाँउपालिकाबाट पत्राचार गरेको अन्सारीले बताए । पोखरभिन्डा स्वास्थ्य चौकीको नाउँमा आएको एम्बुलेन्स पटक पटक पत्रचार गरे पनि प्रदेश सांसद रीना यादवले पत्रचारको कुनै वास्ता नै नदिएको स्वास्थ्य शाखाले जनाएको छ ।No description available.

भारतिय दुतावासले दिएको पोखरभिन्डा स्वास्थ्य चौकीको एम्बुलेन्स गलत प्रयोग भएको अन्सारीले प्रष्ट पारेका छन् । पटक पटक मौखित तथा लिखित रुपमा नै आग्रह गरे पनि प्रदेश सांसदले एक दुई दिन मै गाँउपालिकालाई एम्बुलेन्स पठाई दिने भने पनि अहिले प्रदेश सांसदले भने फोन उठाउन छोडेको अन्सारीले बताए । सम्सीमा कोभिड अस्पताल पूर्ण सेवामुखि तरीकाले संचालनमा आए लगतै एम्बुलेन्स नहुदा बिरामीहरुलाई ओसारपोसार गर्न ठुलो चुनौतिसंग जुधि रहदा अहिले भने सम्सी प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स प्रयोग गर्दा अरु बिरामीलाई भन्ने सास्ती भोग्नु परेको थियो ।

विभिन्न पत्रपत्रिकामा समाचार सम्प्रेशन भए लगतै सांसद यादवले भने एम्बुलेन्स गाँउपालिकामा पठाएको नगरप्रमुखले बताए । अब भन्ने प्राथमिक स्वास्थ्यको एम्बुलेन्सलाई पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग हुनेछ भने अहिले आएको एम्बुलेन्स भोलीबाटै कोभिड अस्पतालमा प्रयोग हुने सम्सी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अन्सारीले बताए ।

प्रतिक्रिया