प्रदेश २ ः नक्कली प्रहरी पक्राउ

रौतहट ः प्रदेश २ को रौतहटबाट नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी हुँ भन्दै स्थानीयलाई धम्की दिई रकम अशुल गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुशिल पटेललाई पक्राउ गरेको हो ।

पटेलले जनमानसमा त्रास फैलाउदै निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सीमाबाट आवतजावत गराईदिने प्रलोभन देखाएर रकम अशुल गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया