
गौशाला : करिब एक बर्षदेखि प्रदेश सभा सदस्यको अधिनमा रहेको एम्बुलेन्स अब सम्सी गाँउपालिकाको मातहतमा आएको छ । सोमबार दिउँसो भारत सरकारद्धारा प्रदान गरिएको ना २ च २५८ नम्बरको एम्बुलेन्स गाँउपालिकाको कार्यालयमा ल्याएको हो ।
सम्सी गाँउपालिकाको पोखरभिण्डा स्वास्थ्य चौकीको लागि भारतीय दुतावासले गत बर्ष प्रदान गरेको सो एम्बुलेन्स प्रदेश सांसद डा. रीना यादवले व्यक्तिगत रुपमा प्रयोगमा ल्याएको थियो । एक वर्ष अगाडी सहयोगमा प्राप्त भएको सो एम्बुलेन्स गाँउपालिकालाई हस्तान्तरण गर्नका लागि पटकपटक तकेदा गर्दा समेत प्रदेश सांसद यादवले मनोमानी रुपमा सो एम्बुलेन्स प्रयोगमा ल्याउदै अएको सम्सी गाँउपालिकाको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोतरीको नियमित बैठकबाट कोभिड महामारि नियन्त्रण ताथ रोकथामकलागि कोभिडका विरामिलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको खवर खुलासा भएको प्रमुख प्रशासकीय अधिकृत महिवुल अन्सारीले बताउनुभयो ।
त्यसयता सो एम्बुलेन्सको लागि गाउँपालिकाको तर्फबाट मौखिक र लिखित रुपमा पटक पटक जानकारी गराएपनि प्रदेश सांसदले अटेर गर्दै आएको अन्सारीले जानकारी दिनुभयो ।
प्रदेशसभासद यादवले अनुदानमा प्राप्त भएको एम्बुलेन्स व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको खबर वाहिरिएपछि सो एम्बुलेन्स गाँउपालिकाको कार्यालयलाई बुझाएको गाँउपालिकाको कार्यालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया