Monday 24th of June 2024

प्रजातन्त्र दिवसको पुर्व सरसफाई कार्यक्रम सम्पन्न

0 Shares

रञ्जन भण्डारी, महोत्तरी । शुक्रवार परेको प्रजातन्त्र दिवसको पुर्व आज विहिवार जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिर प्रांगण सरसफाई गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव बिमलीको अगुवाईमा सुरक्षा निकाय प्रमुखहरु तथा सुरक्षाकर्मीहरुका साथै जलेश्वर नगरपालिकाका कर्मचारी र नगरप्रहरी समेतको संलग्नतामा सरसफाई गरिएको हो ।

नियमित सरसफाई प्रति सचेतना जगाउन सवैको सहभागितामा सरसफाई गरिएको नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले बताए । उनले जलेश्वर नगरपालिकासंग सरसफाई कर्मचारी भएपनि क्षेत्रको हिसावले ज्यादै थोरै भएकोले सरसफाईमा नागरिकहरुलाई समेत जागृत गराउन सामुहिक सरसफाई गरिएको बताए ।

यता जलेश्वर जिरोमाईल स्थित शहिद वाटीकामा समेत नगरप्रहरीहरु तथा सफाइकर्मीहरुले सरसफाई गरेका छन । शहिद वाटीकामा दैनिक स्थानियहरु आउने र केहि वेर विश्राम गर्ने गरेकोमा वाटीका समेतमा सरसफाई गरिएको हो ।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी बिमलीले शुक्रवार कर्मचारी मिलन केन्द्रको आयोजनमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने बताएका छन । उनले तिन दिनसम्म नगरवासी र कार्यालयहरुमा दिप प्रज्वलन तथा झण्डा फहराउने कार्यक्रम समेत रहेको वताए ।

प्रतिक्रिया