जनकपुरधाम ः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित जय माँ काली कन्ट्रक्सनका संचालक अनिल चौधरी द्वारा फ्रन्ट लाइनमा कार्यरतहरुलाई स्वास्थ्य सामग्री वितरण कार्यक्रम जारी राख्दै आज श्रीनाथ गण महेन्द्रनगरलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरसको दोश्रो लहरको महामारी रोकथामका लागी जारी निषेधाज्ञाको समयमा पनि फ्रन्टलाइनमा काम गरिरहेको सुरक्षाकर्मीहरु त्यस माथि पनि धनुषा जिल्लाको कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनको जिम्मा लिएका श्रीनाथ गणका सेना टोलीलाई मास्क, स्यानीटाइजर, फेस गार्ड र गल्बस लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कन्ट्रक्सनका संचालक चौधरीले बताए ।
स्वास्थ्य मापदण्ड अपनाई कन्ट्रक्सन संचालक चौधरीको टिमले सैनिक ब्यारेक मै मै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।स्वास्थ्य सामग्री प्रदान गरि कोभिड १९ विरुद्धको परिचालनमा खटिने सुरक्षाकर्महरुको मनोबल उच्च राख्ने कार्यमा संचालक चौधरीको सहयोगको उच्च सम्मान गर्दै श्रीनाथ गणका गणपति गजेन्द्र रावलले धन्यवाद ज्ञापन गरेका थिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहयोगी नेकपा एमाले क्षीरेश्वरनाथ नगरपालिका यूवा संघका नगर अध्यक्ष अनिल यादव लगायतको उपस्थित रहेको थियो ।