Monday 9th of December 2024

महामारीको समयमा आ आफैवीच लडनु दुःखद रहेको प्रदेश २ का शिर्ष नेताहरुको भनाई ।

0 Shares

गौशाला /  कोरोना महामारीको समयमा देशका केन्द्रियस्तरमा भईरहेको पार्टी गतिविधीहरु आपतिजनक रहेको छ ।

अहिले स्वास्थ्य संस्थामा वेड नपाएर, अक्सिजनको व्यवस्थापन हुन नसकेर, एम्बुलेृन्सको अभावमा सर्वसधारणहरु अकालमा ज्यान गुमाउदैछन । उता नेपालका राजनितीक दलका शिर्ष नेताहरु आफनो शानको लागि भएतापनि एकता कायम रहेको पार्टीलाई टुक्राटुक्रामा विभाजन गरेर जुंगाको लडाई लडनमा व्यस्त रहेका छन ।

राजनिती Archives - इ-कनिकाहिजोमात्र जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कापक्षलाई लिखित रुपमै कारवाही गरि पार्टीबाट सधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको खवर जानकारी आएको छ ।आजको रुपान्तरण विमर्शमा यसै परिवेशमा कुराकानी गर्नका लागि हामीले प्रदेश नं. २ स्तरीय शिर्ष दलका नेताहरुसँग कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश……

योगेन्द्र राय यादव
भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री
वर्तमान परिवेशमा देशमा बर्षौपछि स्थापित लोकतन्त्रलाई नै धराप पार्ने किसिमले पार्टीहरु लागिपरेका छन । प्रतिगामी शक्तिलाई सहयोग गरेर आफनै पार्टीका केन्द्रिय तहका नेताहरु लाग्नु दुःखद रहेको छ ।

समाचार : Page 21 of 120 : Birgunj's No. 1 News Portal पार्टीको सांगठिक संरचना अनुसार समितीमा छलफल गर्नुपर्ने प्रशस्त अधार हुँदा समेत नेताहरु जुंगाको लडाईमा उत्रिनु पार्टीको लागि घातक पक्ष रहेको छ । अध्यक्ष उपेन्द्र यादवले केहीदिन अगाडि आयोजना गरेको पार्टीको मिटिगंमा कोरोनाको कारण देखाउदै अर्का अध्यक्ष महन्थ ठकुर अनुपस्थित हुनु र नेकपा एमालेका कार्यकर्ताहरुसँग प्रत्यक्ष रुपमा वसेर दिनरात वार्ता गरेर उहाँहरुले पार्टीको एकता भंग गर्ने योजनामा लाग्नुभएको हो । पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले पार्टीको निती, नियम एवम पद्धतिलाई मिचेर पछिल्लो समयमा आएर कदम उठाएका छन, जुन पार्टीको लागि आत्मघाती बन्न पुगेका छन । जुन पार्टी देशकै वैकल्पिक शक्तिको रुपमा स्थापित थियो सो पार्टी अहिले आफैमा टुक्रिन पुग्न दुर्भाग्य रहेको छ । पछिल्लो समयमा सरकारीपक्षबाट भईरहेको माग त क्रमिक रुपमा सरकारलाई गर्नुपर्ने बाध्यता नै छ । नेपालको ईतिहास पल्टाएर हेर्ने हो भने शुरुदेखि नै अनेकौ मुदाहरु वृहत छलफल एवम परामर्श गरि सरकारले विना शर्त पुरा गर्दै आएका छन ।

भरतप्रसाद साह
संसदीय दलका नेता, नेकपा माओवादी केन्द्र
संघ विभाजन भएपछि सो को असर प्रदेश तहसम्म पर्न जानु स्वभाविक छ । केन्द्रिय तहमा भईरहेको गतिविधीको असर प्रदेश सरकारमा पनि पर्न सक्छ ।

भरत साह माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलका नेता - NepalTimesनेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका माधव समुहका शिर्ष तहका नेताहरुवीच भएको सम्झौता अनुरुप समिकरण बनेको छ । जुन समिकरणको पछिल्लो असर वाग्मती र लुम्विनी प्रदेशमा देखा परेको छ ।

सोही असर केहीदिनको अन्तरालमा प्रदेश नं. २ मा पनि पर्न सक्छ । यहाँ पनि सोही समिकरण अनुरुप सरकार परिवर्तन हुन्छ ।

सत्रुध्न महतो
संसदीय दलका नेता, नेकपा एमाले (माधवपक्ष)
अहिले परिवेशमा पार्टीभित्र अन्तरसंघर्षको आवश्यकता थिएन । अहिले कोरोना ग्रसित माहौलमा नागरिकको जीवनरक्षा गनुपर्ने आवश्यकता रहेको छ । तर बर्तमान समयमा नेताहरु आ आफनो स्वार्थ एवम जिदका कारण जनमुखि एवम लोकप्रियता गुमाउन पुगेका छन ।

प्रदेश २ : नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता – Shirish Newsजुन जनता एवम देशकै लागि खतरोन्मुख हुन पुगेको छ । पछिल्लो समयमा आएर जनता समाजवादी पार्टीका शिर्ष नेताहरुवीच पनि सो गतिविधी देखापर्यो । देशलाई आर्थिक समृद्धिको पथमा डोर्याउनु्पर्ने समयमा यहाँका नेताहरु कुर्सिको पछाडि दौडिदैछन । जनताले कहिल्यै सपनामा चिताएको थिएन कि कोरोनाको लडाई नेताहरु यस्तो गतिविधी गर्नेछ । यो अहिले आफैमा लज्जास्पदको विषय बन्दै गएको छ । दुवै पार्टी एक ढिक्का भई चुनावमा लडयो, विजयी प्राप्त गर्यो आज सोही एकताको फलस्वरुप प्रदेश नं. २ मा जनता समाजवादी पार्टीको मजवुत सरकार स्थापित भएको छ । हामीहरुको चाहना थियो यो सरकारले केही गरोस भनेर । हामी सोही कारणले सरकारलाई शुभकामना दिदै आएका छौ । पार्टी दुई चिरामा वदलिएपनि प्रदेश नं. २ मा कुनै असर पर्दैन, किनकि दुई वा दुईभन्दा वढि दल मिलेर सरकार चलाउन सक्छ । तर कुरा चाहि मेल खानुपर्यो । अहिलेको परिवेशमा तीनै तहका सरकारले जनता वचाउनुपर्ने आवश्यक रहेको छ ।

रामअशिष यादव
संसदीय दलका उपनेता, जनता समाजवादी पार्टी
पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रतिगामीलाई समर्थन गर्दैछन । उहाँहरु आफनो पार्टीलाई समथर्न नगरिकन प्रतिगामी शक्तिलाई साथ दिएर पार्टीको निती नियमविपरीत कार्यमा लागेको छ ।

बोर्ड छपाउने काम समितिको हो, मैले त बजेट दिने हो : मा. रामअशिष यादव :: Janaknandani.comसंघियता विरोधीसँग साँठगाँठ राखि वैकल्पि शक्तिको रुपमा जनता समाजवादी पार्टीलाई टुक्रा पार्ने कार्यमा लागेका छन । जसका कारण अहिलेको अवस्थामा संघियता नै खतरामा पर्न सक्ने अवस्था रहेको छ । केन्द्रियस्तरमा भईरहेको गतिविधी यहाँ पनि शुरु हुने हो भने त प्रदेश सरकारमा पनि परिवर्तन हुनसक्छ । किनकि केही थान मन्त्री यहाँको सरकारमा पनि रहेका छन । यदि यहाँको सरकारसँगको साँठगाँठ मजवुत गर्दै अगाडि बढे मात्र परिर्वतन हुनबाट बच्न सकिन्छ ।

                  कार्यक्रम : रुपान्तरण विमर्श, १९ जेठ २०७८

प्रतिक्रिया