बर्दिबास : ठूला यन्त्र प्रयोग गरेर खोला खन्न पाइदैंन । महोत्तरीको बर्दिबास नगरपालिकाले संघीय सरकारले बनाएको कानुनलाई लत्याउँदै दोजर, जेसिबी, स्काईभेटर जस्ता ह्यावी मेसिनहरु प्रयोग गरेर ठेक्केदारलाई रातु खोला खन्न दिन वैधानिक निर्णय नै गरेका छ ।
बर्दिबासको महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोलाको दोहन चरम सीमा पुगेको छ । किसाननगरदेखि पशुपतिनगरसम्म झण्डै ७ किलोमिटर लम्बाई चार जना ठेक्केदारले जनप्रनिधिलाई प्रभावमा पारेर उपकरण प्रयोग गरेर खोला खन्न ढेड महिना अघि निर्णय गराएका थिए ।
बर्दिबास नगरपालिकाले वातावरण प्रभाव मुल्यांकन गरेर खोला उत्खन्न गर्न ठेक्का लगाएको छ । रोजगारी मुलक जनशक्ति प्रयोग गरेर ३ फिट गहिरोबाट नदीजन्य समाग्री निकाल्नु पर्ने हो ।तर, चुरेको भावर क्षेत्रलाई गम्भिर असर पर्ने ठूला यन्त्र प्रयोग गरेर १० ठूलाफिट सम्म खाल्टो खनेर ठेक्केदारले खोलामा चरम दोहोन गरिरहेका छन् ।
तर, बर्दिबास नगरपालिकाले उनीहरुलाई कारवाही गर्न आँट गर्दैन । मेयर विदुर कुमार कार्की खोलामा अनुगमन गर्न जान्छन् । सम्झाएको झैं नाटक मञ्चन गर्ने गरेका स्थानीयहर बताउँछन् ।
खोला दोहोनले गाँस र बास खोसिदैं
खोलाको दोहोन किसानको गाँस खोसिदैं गएको छ भने जनता तट्बन्ध धरापमा परेको छ । चुरेको भावर क्षेत्रको दोहोनले किसाननगरका किसान मनोज साहलाई हातमुख जोड् कठिन बन्दै गएको छ ।बालिनालीको उत्पादन हात पार्न उनलाई फलामको च्युरा चपाउनु परेको छ । रातु नदिबाट जोडिएको नहरलाइ जथाभावी उत्खन्न गरेर क्रसरबालाले उनको खेतमा पुग्ने सिचाईको पैनीलाई भताभुङ्ग बनादियो । उनी कृषी खेतीबाट पलाय हुने अवस्था आएको छ ।
केही बर्ष अगाडीसम्म हराभरा र हरियाली हुने मनोजको खेतमा अहिले सिचाई समस्या क्यानसर झै बल्झिदै गएको छ । उत्खन्नले उनको उर्बरभुमी मरुभुमी बन्दै गएको छ । अझ बर्षायाम सुरु भएपछी त साह र उनको परिवारले कयौ रात खोलाको बाढी हेररै जाग्राम बस्नु पर्ने उनको बाध्यता छ ।
‘सा¥है अफ्ठ्यारो परेको छ हजुर । अब बर्षायाम सुरु भयो रातु नदि कतावाट पसेर कतिबेला बस्ती नै जोखिम बनाउँछ,’मनोज भन्छन्,‘नियमित सिचाई हुने ठाउँमा क्रसर उधोग र ठेकेदारहरुले वालुवा गिट्टी उत्खनन गरेर खाल्टो बनायो । ’
रातु खोलामा ठेक्केदारको सरकार !
उत्खन्नका लागि गरिने खोलाको वातावरण प्रभाव मुल्यांकनको ठाडो उलंघन रातु खोलामा भइरहेको छ ।तर, भरपर्दो अनुमगन प्रणाली र जनताको जीवन रक्षाको सवाल प्रहरी, प्रशासन र सरकारको प्राथमिकतामा परेको छैन । बरु उनीहरुले ठेक्केदारलाई नै सघाउँछन् ।
खुलेआम बस्ती नजिकैवाट नदी दोहन भैरहदाँ पनि बर्दिबास नगरपालिका र स्थानीय प्रशासन आँखा चिम्लिने गरेका छन् । ‘अब त सवैको मिलोमतोमा नै खोलावाट यसरि नदि दोहन भएको जस्तो लाग्छ ।
केही दिन अगाडीमात्र सर्वदलिय बैठकवाट किसाननगरको वरपर उत्खनन नगर्ने भन्दै स्थगन गरिएको थियो । अहिले फेरि ५० ओटा जेसीबी लगाएर खोलाभरी ट्याक्टर लगाएर मनपरी ढङ्गले उत्खन्न भइरहेको छ,’स्थानीय तिर्थ आलेमगर भन्छन्,‘जनतालाई महामारीले सताएको छ । चुरे माफियाहरुलाई खोलामा दशैं नै आए जस्तो छ । ’
स्थानीय सरकारको गैरजिम्मेवारीका कारण प्रदेश २ का रातु, बाँके, कमला, बागमती जस्ता दर्जनौं खोलामा चरम दोहोन छ । जहाँ क्रसर माफियाको राज्य नै चलेको भान हुन्छ ।सरकार उनीहरुको मतियार झैं उभिएको देखिन्छ । सरकारका सबै कानुनहरुलाई क्रसर चलाउने अनि नदी खन्ने ठेक्केदारहरुले हातमा लिएको उनीहरुको कामकाजले भान गराउँछ । यस्तो प्रवृत्ति देशैभरी छ ।
दोहन रोक्न जाँदा ठेक्केदारे गाउँले कुटे
रातु खोलामा भईरहेको उत्खन्न रोकाउन गएका २ महिना अघि गएका नेपाली कांग्रेसका कार्यकर्तालाई अबैध रुपमा खोला खनिरहेका ठेक्केदार पक्षले कुटपीट गरेका थिए । ठेक्केदारले दादागिरी देखाएर गुण्डा खटाएर उनीहरुमाथि कुटपीट गराएका थिए । घटनामा दुई जना नेपाली कांग्रेसका कार्यकर्ता घाईते भएका थिए । बर्दिबास–९ पशुपतिनगरका विपिन कुमार महतो र लभ कुमार सिंह त्यस घटनामा घाइते भएका थिए ।
बर्दिबास नगरपालिकाले हालै रातु खोला उत्खन्नका लागि करिब सात करोंडमा चार ठेक्केदारलाई ठेक्का लगाएको छ । खोलाले कट्टान गरेको नीजि जग्गाबाट नदीजन्य पदार्थ उत्खन्न गरेको भन्दै नेपाली कांग्रेस पार्टी त्यसको विरोधमा उत्रिएको पशुपतिनगर गाविसका पूर्व गाविस अध्यक्ष धनिराम महतोले बताए । जनताले कर तिरिरहेको जग्गाबाट पनि उत्खन्न भइरहेकोे उनले बताए ।
गत चैत्र २९ गते नेपाली काग्रेस नगर कार्यसमिति बर्दिबासले बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई खोला उत्खन्न तीन दिन भित्र रोक्न ज्ञापन पत्र बुझाएका थिए ।
ह्यावी उपकरण प्रयोग गरे खोला उत्खन्न भइरहेकोले बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ का स्थानीय किसानहरुको जीवनमा नराकारात्मक असर पर्ने भएकोले तत्काल उत्खन्न बन्द गर्न कांग्रेसका बर्दिबास नगर सभापति बाणिकराज काफ्ले र क्षेत्रिय सभापति महेश कुमार झाद्वारा जारी भएको प्रेस बक्तव्यमा भनिएको छ ।
उत्खनन मापदण्ड कसको खल्तीमा ?
अनियन्त्रित दोहनलाइ निरुत्साहित गर्न “ढुङगा गिटी, बालुवा उत्खनन बिक्री तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७” नेपाल सरकार मन्त्री परिषदले जारी ग¥यो । त्यो मापदण्ड स्वंय बर्दिबास नगरपालिकाले नै मानेको छैन । कार्यपालिकाको बैठकबाट मेसिन प्रयोग गरेर ठेक्केदारलाई खोला खन्न दिने निर्णय गरिएको बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्की बताउँछन् । ‘ खोला ठेक्का लगाएर आजको समयमा बेल्चाले खन भनेर नियम बनाएर हुदैंन,’उनले भने,‘हामीले गर्ने अनुगमन गरिरहेका छौं ।’
मापदण्ड विपरित रातु खोलामा जारि उत्खनन आत्यास लाग्दो छ । रातु खोला र बर्दिबास नगरपालिका एउटा उदाहरण मात्रै हो । यो देशभरीका पालिकाको साँझ चरित्र हो । मेसिन प्रयोग गरेर खोला खन्ने कानुन छैन । नदिजन्य पदार्थको उत्खननमा सामान्य श्रममुलक प्रबिधिको प्रयोग गर्नुपर्ने र मेसिन तथा औजार प्रयोग गर्न नपाइने स्पष्ट ब्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख संयोजकमा जिल्ला– जिल्लामा अनुगमन समिति छन्।तर, उनीहरु तै चुप मै चुपको भूमिकामा छन् । प्रदेश र संघीय सरकारका निकायले स्थानीय तहले लगाउने खोला ठेक्काको अनुगमन गर्न पनि सकेको छैन । उत्खन्नले जनताको चिल्लीबिल्ली भइरहेको छ । चुरे माफिया मालामाल भइरेका छन् ।
मधेश मरुभूमीकरण हुने खतरा
चुरे क्षेबाट बग्ने खोलाको यसरी नै दोहोन भयो भने मधेशमा बस्ती रहँदैंन मरुभूमी हुने वातावरण तथा चुरे विज्ञ डा विनोद भट्टले बताए । ‘श्राद्ध गर्दा विरोलो बाध्ने उखान खोलामा चरितार्थ भयो । खोला खन्न वातावरण प्रभाव मूल्यांकन गर्ने तर, त्यो देखाउने मात्रै भयो , कार्यान्वय एकरति पनि भएको छैन,’उनले भने,‘नेताहरुले चुनावमा खर्च गरेरै चुनाव जित्छतन् ।’मतदाता नसुध्रेसम्म प्राकृतिक दोहन नरोकिने उनले टिप्पणी गरे ।
सरकारले चुरे माफिया पोस्नकै लागि नदीजन्य पदार्थ निकास गर्ने हालै बजेटमा निति ल्याएको छ ।‘यस्तो नीति स्वार्थमा ल्याएको हुनु पर्छ कि मुर्खले,’उनले भने,‘मधेशले नेपालको प्रतिनिधित्व गर्छ । चुरेको काँखमा मधेश छ ।
चुरेनै रहेन भने मधेश कहाँ रहन्छ । ’मधेशमा असुरक्षा बढ्नु भनेकै देश संकटमा परेको बताउँदैं,‘दोहोनको विरुद्धमा बोल्ने यहाँ मारिन्छ । धनुषाका एउटा युवा दिलीप महतोलाई खोलामा क्रसरवालाले किचेर मारे ।’ उ मरेर गयो । के खोलाको अबैध दोहन रोक्यो सरकारले ? झन् दोहोन बढाउने निति लिएर सरकार बजेट लिएर आएको छ ।
प्राय नदीमा १०–२५ सेन्टिमिटर, कुनै कुनै खोलामा ४० सेन्टिमिटरसम्म एक बर्षमा चुरेबाट वालुवा गिटी बगेर खोलामा थिग्रिन्छ। प्राकृतिक रुपमा उत्खनन गर्दा कुने प्रभाव पर्दैन । यहाँ व्यक्तिगत लाभ र स्वार्थमा ईनार जस्तो गहिरो खाल्टो खनेर नदीजन्य पदार्थ उत्खन्न भइरहेको चुरे संरक्षणका लागि सरकारले गठन गरेको २० बर्से गुरुयोजना निर्माण टोलीमा संयोजक समेत रहेका चुरे विज्ञ डा. भट्टा बताउँछन् ।‘व्यपारिहरु व्यक्तिगत स्वार्थ र लाभले चुरेका नदी दोहन गरिरहेका छन्,’उनले भने,‘औंलामा गनिने व्यक्तिको आर्थिक लोभका कारण चुरे ध्वस्त बन्दै गएको छ ।’प्रत्यके बर्षको बाढी, पहिरोले मधेश डुब्छ, चुरेको अनियन्त्रित दोहनको परिणाम रहेको उनले बताए ।