गौशाला/ कोरोनाको कहर बढदै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाईएको निषेधाज्ञाको स्थानिय वजारहरुमा उल्लंघन भएको छ । स्थानियस्तरमा तोकिएको स्थानमा हाटवजार लगाउनका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाईएको समयमा मुख्य सडकको छेउमा वजार लगाउदै आएको छ ।
यसरी वजार सडक छेउमा लागेपछि खरिद विक्री गर्नेको अत्याधिक मात्रामा भिड भएपछि आगन्तुकहरुलाई समेत ओहोरदोहोर गर्नका लागि मुश्किल हुने गरेको छ । स्थानियपालिकाले समय र स्थान तोकिएतापनि सम्बन्धित निकायले समयमै ध्यान नदिएपछि सो निर्णय कार्यान्वयन हुन नसकेको हो । जसको कारण ग्राहक र विक्रेताहरु निर्वाध रुपमा भिडभाड गरिकन कारोबार गर्दै आएको पाईएको छ ।
यता प्रहरी प्रशासनले वारम्बार स्थानियहरुलाई सम्झाएतापनि सर्वसधारणहरु कुरा नबुझिएपछि कार्यान्वयन गर्नका लागि मुश्किल हुने गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यसरी प्रहरी प्रशासनले आफनो भुमिकामा आएतापनि सर्वसधारण एवम सरोकारवाला निकायकै कारण सो कार्यान्वयन गर्नका लागि चुनौतीको विषय थपिएको स्थानिय वुद्धिजिवीहरुले बताएका छन ।
यसैवीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्मको लागि निर्धारण गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय जलेश्वरमा वसेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितीको निर्णयअनुसार निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्मको लागि निर्धारण गरिएको हो । यसभन्दा अगाडि प्रशासन कार्यालयले जेठ २० गतेसम्मको लागि निषेधाज्ञाको समय निर्धारण गरिएको थियो । कोरोनाको कहर जारी रहेको समयमा सर्वसधारणलाई सचेत एवम संयम भई कार्यसम्पादन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो ।