0
Shares
गौशाला ः धनुषाको धनुषाधाम नगरपालिका– ९ धारापानी स्थित आर्मी ब्यारेक अगाडि रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय इन्द्रजीत सहनी गम्भीर घाइते भएका छन् ।
रोकि राखेको तेल टयांकरमा मोटरसाइकल ठोक्किँदा दुबैजना गम्भर घाइते भएका थिए । घाइते दुबैजनालाई धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्दमा्र उपचार भर्ना गरिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बेला राजेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।