चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर मण्डलको मृत्यु

गौशाला ः सर्लाहीको कविलासीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिकाको वडा नम्बर – ५ रनिया बस्ने मनोज मण्डलका छोरा रजनिश मण्डलको मृत्यु भएको हो ।

Photo By : Saroj Mahato

नगरपालिकाको वडा नम्बर ७ स्थित बाख्रा चराउन गएको बेला बालक लालबाबु रायको इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार