Sunday 9th of February 2025

सिरहामा फेरी १० दिनका लागि थपियो निषेधाज्ञा, कोरोना सक्रिय संक्रमित ५९०

0 Shares

सिरहा ः सिरहामा १० दिनका लागि फेरी निषेधाज्ञा थपिएको छ । डीसीएमसीको बुधबार बसेको बैठकले जिल्लामा संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।

गत ३१ वैशाखमा राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि सकिनैलाग्दा फेरि थप गरेर ३१ जेठसम्म र्पुयाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

योसँगै जिल्लामा ३१ वैशाखदेखि सुरु निषेधाज्ञाको समयावधि ठीक १ महिना पुगेको छ । संक्रमित नघट्दा निषेधाज्ञा थप्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । कोरोनाको दोस्रो लहरमा जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ७८ पुगिसकेको छ । सिरहामा जम्मा संक्रमित संख्या ११ सय ३३ रहेकोेमा सक्रिय संक्रमित संख्या ५ सय ९० छ ।

प्रतिक्रिया