अत्याधुनिक राइस मिलको शिलान्यास

जनकपुर ः धनुषाको सबैलामा अत्याधुनिक राइस मिलको शिलान्यास भएको छ ।

सबैला नगरपालिका वडा नम्बर – १२ मा अत्याधुनिक राइस मिलको शिलान्यास भएको हो ।

सोमवार मिलको शिलान्यास सबैला नगर प्रमुख बिजय शंकर प्रसाद साहले गरेको हो । नगर प्रमुख र दिपनरायन पुर्बको विशेष पहलमा योजना गरेको थियो ।

मिल संचालन गर्न केन्द्र सरकार र साना किसानको ५०/५० लाख संयुक्त लगानी गर्नुभएको नगर प्रमुख साहले जानकारी दिए । आगामी बर्षमा ३ देखि ४ करोड सम्म लगानी गर्ने उदेश्य रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार