
सप्तरी ः सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।
पुर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतीक्षालय निर्माण हुन् लागेको हो ।
घाम र पानी बाट छलन यात्रुलाई सहजताको लागी उक्त प्रतीक्षालय बनाउन लगेको हो।सागरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो ।
उपभोक्त समितिको अध्यक्षमा राधे श्याम यादव,कोषाअध्यक्षमा बिना देबि यादव,सचिबमा उमेश कुमार यादव,लगायतका ब्याक्तीहरु गठन गरेका हुन् । सार्बजनिक प्रतीक्षालय निर्माण गराउने जिम्मा गाउँ पालिकाको प्राबिधिक श्रावण साहको रहेको स्थानीयले बताए ।
निर्वाचित जन प्रतिनिधि तथा वडा सदस्य धनबिर यादव र वरिष्ठ समाज सेबी तथा पुर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका ब्याक्तीहरुले सार्वजनिक प्रतीक्षालयको सिल्यानास गरेको हो ।
प्रतिक्रिया