Thursday 18th of July 2024

आफ्नै मकै खेतमा बार लागाएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

0 Shares

सप्तरी ः सप्तरीमा आफ्नै मकै खेतमा बार लागाएको नाङ्गो तारमा अचानक करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोक्नेश्वरि नगरापलिका –३ तरहिका रामवृक्ष रायकी ६० बर्षिय श्रीमती इनर देवी रायको रहेको ईलाका प्रहरी कार्यालय पातोका इन्चार्ज सुरेश कुमार यादवले जानकारी दिए ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया