
जनकपुरधाम ः कुनै बेला चर्चामा रहेको गीत सजना बनेबै कहिके पागल बनाके गेल को तेस्रो स्वीक्कल गीत पागल बनाके गेल ३ रिलिज गरिएको छ ।
गायक जागेश ठाकुरको स्वरमा यो गीतको पहिलो दुई श्रृँखला दर्शक, श्रोताले निकै मन पराएको थियो । सोही गीतको तेस्रो श्रृँखला फागुन ७ गते साँझ ५ बजे युटुबमा विधिवत रुपमा रिलिज गरिएको हो ।
गीतको पहिलो श्रृँखलामा प्रेममा धोका दिएपछिको कोरियोग्राफी र शब्दहरु चयन गरिएको थियो भने यो तेस्रो श्रृँखलामा एक गरिब उपरको अत्याचार सहित गरिबको प्रतिष्ठासँग समेत धनीले खेल्ने गरेको भनेर दर्साएको छ ।
चर्चित मोडेल पूजा ठाकुर सहित सँजय साह, प्रकाश सुवेदी, भरत, दया, श्याम, माही, दियान्स र दियान्सुको पनि अभियन रहेको छ । सँजय साह र दया कापरको लगानीमा निर्माण गरिएको म्यूजिक भिडियो म्यूजिक मैथिली युटुब च्यानलबाट रिलिज गरिएको हो ।
म्यूजिक भिडियोको लागि सँजय साहले कोरियोग्राफी समेत गरेका छन् भने गजेन्द्र गजुले क्यामेरा सम्हालेका छन् । समिर खानको कथा रहेको सो म्युजिक भिडियोमा हनी रेकर्डिँग स्टुडियोमा भएको हो ।
कमलामाई फिल्म प्रा.लि.को पोस्ट प्रोडक्सनमा निर्माण गरिएको पागल बनाके गेलको तेस्रो श्रृँखलामा कलाकारहरुको मेकअप भने काजल चौधरीले गरेकी हुन् । यही गीतको पहिलो भिडियो भाग १ ले तराई मधेशमा निकै चर्चा कमाएको थियो ।