Sunday 3rd of November 2024

रामगोपालपुरमा अत्याधुनिक प्रविधीयुक्त कोभिड अस्पताल संचालनमा

0 Shares

गौशाला / कोरोनाका विरामीलाई पूर्ण रुपमा निःशुल्कमा उपचार गर्नका लागि महोत्तरीको रामगोपालपुरमा अत्याधुनिक प्रविधीयुक्त कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

No description available.विहीबार रामगोपालपुर ९ स्थित पर्सादेवाडमा निर्माणाधिन जानकी एकेडेमी हस्पिटलको भवनमा सुविधासम्पन्न ५० वेडक्षमता भएको कोभिड अस्पताल विधीवत रुपमा सुरुवात भएको हो । प्रदेश नं. २ का सामाजिक विकासमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उदघाटन कार्यक्रममा वक्ताहरुले कोरोनाको महामारीको समयमा सचेत भई आमनागरिकको जीवनरक्षा गर्नका लागि सरोकारवाला निकायसमक्ष अनुरोध गर्नुभएको छ ।

No description available.

उदघाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै समाजिक विकास मन्त्री नवल किशोर साहले कोरोनाको कहरबाट जनतालाई बचाउनका लागि प्रदेश सरकारले हरपल तयार रहेको बताउनुभएको छ । ८ वटै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य लिएकोमा हाल ५ वटा जिल्ला अस्पतालले संचालनमा ल्याउने क्रममा रहेकोे र वाँकी रहेको ३ वटा जिल्ला अस्पताल अर्थमन्त्रालयको निती नियमको कारण समयमै जडान गर्न नसकेको मन्त्री साहले जानकारी दिनुभयो ।

No description available.त्यस्तै ८ वटा जिल्लाहरुमा गरि ६४ वटा भेन्टिलेटर जडान भएको छ भने प्रत्येक जिल्लामा १ वटाका दरले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन जडान गरिएको मन्त्री साहले बताउनुभयो । प्रदेश सरकारमा यहाँका जिल्ला अस्पताल आएपछि क्रमिक रुपमा सुृधार हुँदै गएको बताउनुभएको छ । ३ बर्ष पहिले दु्र्गन्धको कारण नाक थुनेर बस्नुपर्ने बाध्यता रहेको अस्पतालहरु अहिले व्यवस्थित एवम प्रविधीमैत्री बन्दै गएको मन्त्री साहले दावी गर्नुभएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले सरकार पूर्ण रुपमा मानव स्वास्थ्य रक्षार्थ खटिएको बताउनुभयो ।

No description available. हरेकको मेहनेतले गर्दा नै प्रदेश नं. २ मा कोरोना विरामीको संख्या घटदो रुपमा रहेको मन्त्री कुशवाहाले धारणा राख्नुभयो । अहिलेको अवस्थामा मानव स्वास्थ्यभन्दा ठुलो केही नभएकोले भौतिक विकासको गतिविधी संचालन नगर्नका लागि मन्त्रीले सवैमा अनुरोध गर्नुभएको छ ।

No description available.त्यस्तै प्रदेश सभा सदस्य भरतप्रसाद साहले यसप्रकारको सुविधासम्पन्न अस्पताल हरेक स्थानमा संचालन गर्ने वातावरण निर्माण गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ । पूर्व स्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनरा, रामगोपालपुर औरही तथा सोनमा गाँउपालिकाका प्रतिनिधी एवम कर्मचारीहरुको सहभागी रहेका थिए ।

No description available.

क्षेत्र नंं ४ का प्रतिनिधीसभा सदस्य डा सुरेन्द्र यादवको संसदीय विकासको कोषको रकम र ५ वटै पालिकाको आर्थिक सहयोगमा सो अस्पताल संचालनमा ल्याएको हो ।

                  फोटोहरु : नागेन्द्र साह

प्रतिक्रिया