बिजलपुरा युवा समाज सेवाद्धारा राहत वितरण

बर्दिबास ः कोरोना महामारीको दोस्रो लहरमा नेपालनै आक्रान्त बनेको अवस्थामा नेपाल सरकारले गरेको निषेधाज्ञाको कारण दैनिक ज्यालादारी गरी खाने मजदुरलाई घरपरिवार चलाउन निकै नै समस्या भएका लागि बिजलपुरा युवा समाज सेवा संस्थाले राहत बितरण गरेको छ ।No description available.

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर – १२ र १३ मा पर्ने बिजलपुरा स्थित भेडियारि, जुरीटोल, अकोन टोल, भोटिया टोलमा हल सम्म ४५ घरपरिवारलाई चामल, दाल, नुन, तेल, आलु र साबुन सहयोग गरेको बिजलपुरा युवा समाज सेवाका मेन्द्रीय संयोजक करण कुमार साहले जानकारी दिए ।

यस संस्थाले विभिन्न समाजिक कृयाकलापमा अग्रसर भई कार्यहरु गर्दै आएका छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार