महोत्तरीमा स्थानीय व्यापारी र एक प्रहरीबीच चर्काचर्की

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकामा ईलाका प्रहरी कार्यालय गौशालामा कार्यरत प्रहरी हबलदार रोशन पासमान माथि हातपात भएको छ ।

बिहिवार बेलुका करिब ४ बजेको समयमा गौशाला बजारमा ड्युटीमा खटिएका प्रहरी हबलदारमाथि हातपात भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले रुपान्तरण अनलाइनलाई बताए ।

प्रहरी हबलदारमाथि हातपात गर्ने गौशाला नगरपालिका ५ का विजय साह फरार रहेको उनले बताए । फरार साहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । विजय साहसँग भेट नहुदा रुपान्तरण अनलाइनका संचारकर्मीले टेलिफोन सम्पर्क बनाई सोधपुछ गर्दा बिजय साह भन्छन आफु घरमा बसिरहेको बेला फलफुल व्यापारी लालबाबु साह र उनकी पत्नी घरमा आई प्रहरीले एक्कासी म माथि अनाधुन्द लाठीले हिर्काई हात नै नउठने गरी बनाई पिटेको भने पछि मैले ती फलफुल व्यापारीलाई बन्दिको समयमा किन पसल गरेको भनेर सम्झाउँदा पनि आँगनमै दुवै रोईकराई गरे पछि लालबाबुको हातमा हेर्दा निलैडाम देखे पछि गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल सरलाई फोन गरी तपाईको प्रहरीले फलफुलबालालाई निलडाम हुने गरी पिटेको छ म त्यस प्रहरीलाई भेटे पछि तपाई काहाँ लिएर आउँछु भनेर जानकारी गराए । त्यँहाबाट बजारमा बुझन जाँदा आठ, दश वटा ढेलाबालालाई केही नगरेको र लालबाबु साहलाई सम्झाउन खोज्दा बाताबरण बढे पछि प्रहरीले लालबाबुलाई पिटेको भनेको कुरा जानकारी भयो ।

त्यसैको केही बेरमै प्रहरी हवल्दार रोशन पासमान भेटियो त्यस पछि निकै बेर वातावरण भएको र कुनै किसिमको हातपात नभएको साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार