पोखरीमा डुबेर एक बालिकाको मृत्युु

सप्तरी ः सप्तरी हनुमानगरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युु भएको छ ।

सप्तरी हनुमानगर कंकालिनी नगरपालिका ६ जोगिनिया बस्ने मोहम्द प्रवेज मंसुरीकी ७ वर्षीय छोरी हिना खातुनको बिहीबार घर छेउमा रहेको सार्वजनिक पोखरीमा बच्चाहरु संग नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक बालिकाको शव कानुन बमोजिम जाँच मुचुल्का लगायत पोष्ट मार्टम समेत भइ आफन्तले बुझको र अन्य अनुसन्धान कार्य भई रहेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया