Sunday 9th of February 2025

सात वर्षपछि अभिनयमा फर्कँदैं जया बच्चन

0 Shares

बलिउड अभिनेत्री जया बच्चन चलचित्र क्षेत्रमा नदेखिएको वर्षौं भइसकेको छ। पछिल्लो समय राजनीतिमा बढी सक्रिय रहेकी उनले अब सात वर्षपछि पुन:अभिनयमा देखिने निर्णय गरेकी छिन्।

उनले मराठी चलचित्रबाट कमब्याक गर्न लागेकी हुन्। फिल्मलाई मराठी निर्देशक गजेन्द्र अहिरेले निर्देशन गर्नेछन्। उनले ‘शेवरी, अनुमति र द साइलेन्स बीइंग क्रिटिकल’ जस्ता ५० भन्दा बढी चलचित्रको निर्देशन गरिसकेका छन्।

यो चलचित्रको छायांकन २० दिनमा पूरा हुने बताइएको छ। पहिलो पटक मराठी चलचित्रमा अभिनय गर्न जया उत्साहित देखिएकी छन्। यद्यपी चलचित्रको नाम भने गोप्य राखिएको छ।

प्रतिक्रिया