Tuesday 21st of January 2025

नेपालबाट भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन मदिरा प्रहरीद्वारा बरामद

0 Shares

वीरगञ्ज : नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा ३ सय कार्टुन मदिरासहित पर्सा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिक्ष्वा बञ्जारी नाका हुँदै अवैध रुपमा लगिरहेको मदिरा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरलाई सोही स्थानको दशगजा क्षेत्रमा रोकेर चेकजाँच गर्दा कस्तुरी नामको ३०० कार्टुन मदिरा फेलापारेको हो।

प्रहरीलाई देख्ने बितिक्कै ट्याक्टर चालक भने फरार भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

मदिरासहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए। ट्याक्टर धनी तथा फरार रहेका चालकको खोजी कार्य भइरहेको खनालले बताए।

प्रतिक्रिया