Monday 17th of June 2024

चुनावी प्रतिवद्धता विर्सिदै जनप्रतिनिधि , जनताहरु भोकभोकै, महाविपदमा पनि वस्तीमा देखापरेन जनप्रतिनिधि

0 Shares

गौशाला / चुनावको बेलामा जनप्रतिनिधिहरुले आफु जनताको हक, दःुख ,पिडा मा मल्हम लगाउने बाचाँ गरेतापनि विपदको घडिमा सवै विर्सिएको स्थानियहरुले गुनासो पोखेका छन । मन्चमा त हात चम्काएर अकाशै झार्ने कुरा गर्ने नेताहरु अहिले वस्तीमा आइए अवस्था बुझन पनि छाडेको गौशाला नगरपालिका ५ की देवकी सदा बताईन । यस बर्ष सरकारले निषेधाज्ञा लगाईएतापनि राहतको लागि कुनै पनि ठोस कदम नउठाएकै कारण आफुजस्ता विपन्न समुदायका लागि खाना खानको लागि समस्या भएको देवकीले संचारकर्मीसमक्ष दुखेसो पोखिन ।

स्थानिय अन्दाजी ६५ बर्षिया रामपरी पासवान भन्छिन्,-‘गतबर्ष ढिलै भएपनि वडा अध्यक्षले राहत सामग्री दिएपछि लकडाउनको समयमा दिन विताउन मुश्किल त्यति भएन तर यसपालि कोई फर्केर पनि आएको छैन ।’

No description available.

महिना दिनदेखि जारी रहेको निषेधाज्ञाको अवधिमा छाक टार्नै मुश्किल भएको बताउदै पासवान भन्छीन्,-‘बजार खुल्ला रहेको समयमा हटियाको दिन लाग्ने कपडा बजारमा कपडा बेच्ने व्यापारीहरुको भूई लिपी दिदा आएको ज्यालाले जेनतेन गुजारा चलाईरहेको थियो । अहिले निषेधाज्ञाका कारण बजार बन्द छ । जसको कारण आफु एकलैलाई पनि छाक टार्न मुश्किल भएको हो । कहिलेकाँही कसैलाई माया लागेको खण्डमा आफनो लागि बनाएको खानाबाट खान दिन्छन तर सधैभरि कहाँ कसैले खुवाउन सक्छ र ।’

बर्षौै पहिले श्रीमानको मृत्यु भएपछि एकल जीवन विताईरहेकी पासवानलाई दुखको समयमा साथ दिने कोही छैनन । एकल महिला वापत सरकारले दिईने भत्ता पनि पाएको तिन महिना वितिसक्यो  महाविपदको घडि कसरी टार्ने सोचेर पासवान चिन्तित भएकी छिन ।

No description available.

त्यस्तै बजारको फुटपाथमा चप्पल, जुत्ता मर्मत गर्दै आएका गौशाला नगरपालिका वडा नं. २ का राम प्रसाद रामको पनि गुनासो यस्तै रहेको छ । बजारमा मान्छेको चहलपहल छैन जसको कारण आम्दानी भईरहेको छैन । उनले भने-‘राति र विहान खान खानको लागि मुश्किल भईसकेको छ । जुत्ता,चप्पलको सिलाई गरेर बचत गरेको पैसा सबै सिधि सक्यो अब खानेको कुनै उपाय छैन । अचेल कहिलेकाही त खान खान नपाएर पानीमात्र खाएर पसलेहरुको वरण्डामा दिनभरि नै सुतेर समय विताउन बाध्य भएका हुन । घरमा दुई छोरा, बुहारी छन तर आफुलाई कसैले पनि एकमुठि खान सोध्दैन, घरमा गयो भन्ने धपाउन्छन सन्तान दुई वटा भए पनि सन्तान नै बैगुनि भए पछि बाच्नु अरुको के आश गर्नु ।’

बजारमा सानोतिनो पसल गरी छाक टार्दै आएका गौशाला नगरपालिका ५ का ३५ वर्षीय सत्रुधन साहको दुखोसो पनि उस्तै छ । उनी भन्छन्,-‘जोगाएर राखेको पैसा सकिसक्यो,अब छरछिमेकबाट सापटी मागेर छाक टारिरहेका छौँ । महोत्तरीमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाइएको १ महिना भन्दा बढी भइसकेको छ । वैशाख देखि सुरु भएको जेष्ठ ३१ गतेसम्म थपियो । अझै कति दिनसम्म लम्बिने यकिन छैन ।’

No description available.साह शारिरीक रुपले अशक्त छन् परीवारले घरमै महिलाहरुको लुगा सिलाई दिएको पैसाले बालवालिकाको लालन, पोषण चल्ने बताउछन । शत्रोहनका तीन छोरी र एक छोरा छन ।

उनी भन्छन्-‘आफु अशक्त भए पछि परिवारले नै घरपरिवार चलाईरहेको छ । महिना दिनदेखिको निषेधाज्ञाका कारण बजार, पसल, औद्योगिक प्रतिष्ठान कलकारखाना सबै बन्द छन् । बजार बन्द भए पछि परीवारको पनि सिलाईको काम बन्द छ अब भन्ने बालबच्चाहरुलाई लालन, पोषणमा समस्याको पहाड नै आफुहरुमाथि आईलागेको बताउँछन । नगरपालिकामा राहतको विषयमा कुरा गर्दा छैन राहत यँहाबाट जाउँ भनी भगाउँछन ।’

दैनिक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दैआएका परिवारहरु समस्यामा परेका छन् । त्यसमा पनि सुकुम्वासी र दलित बस्तीका परिवार भने बिहान बेलुकाको छाक टार्न नसकेर अझ धेरै समस्यामा परेका छन् ।

गत बर्ष लकडाउनका बेला ढिलै भए पनि हरेक स्थानीय तहले प्रदेश सरकारको समन्वयमा अति विपन्न परिवारका लागि राहत प्याकेजको व्यवस्था गरेका थिए ।

४५ हजार परिवारलाई घरघरमै राहत सामग्रीजसको करण गरिव विपन्न समुदायलाई जीवन विताउन सहज रहेको थियो । पोहोर दुरुपयोग भएको भन्दै यसपाली राहत नबाँडेको स्थानीय जनप्रतिनिधिहरुको तर्क रहेको छ ।

प्रतिक्रिया