Tuesday 28th of May 2024

सोनमा गाउँपालिकामा स्वास्थ्य चौकीको शिलान्यास ।।

0 Shares

गौशाला ः पूर्व स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवले विशेष पहलमा महोत्तरीको सोनमा गाँउपालिका वडा नं.- ८ सिंहासनीमा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ ।

शुक्रबार सोनमा गाँउपालिका वडा नं. – ८ स्थित श्री ठाकुरजी रामललाजी रामजानकी मन्दिर बसहा बाबा, गोविन्द दास, लक्ष्मण दास प्रतिष्ठानको जग्गामा संसदीय विकास कोषबाट सो स्वास्थ्य चौकी भवनको शिलान्यास सम्पन्न गरिएको छ ।

संसदीय विकास कोषको २० लाखको लागतमा ४ कोठे भवनको निर्माण यसै आर्थिक मसान्तमा सम्पन्न हुनेछ । संसदीय विकास कोष मार्फत बीस लाख रकम विनियोजन गरी ४ कोठे भवनको शिलान्यास भएको यादवले बताउनुभयो । यसैगरी रामगोपालपुरमा पाँच, मनरामा सात, औरहीमा सात, सम्सीमा तीन गरी २२ वटा स्वास्थ्यचौकीको लागी ६२ लाख २ वर्षे योजनामा संसदीय विकासबाट छुट्टयाईएको हो ।

अहिलेसम्म औरही, सम्सीमा स्वास्थ्यचौकी भवन बनाउन सकेकोे छैन । गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीयहरु हर्षित भएका हुन ।

प्रतिक्रिया