महासेठको जग्गा पत्ता लगाउनेलाई १० लाख इनाम

ढल्केवर : धनुषाको मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले लालगढ क्षेत्रमा आफ्नो र एमाले नेता रघुवीर महासेठको नाउँमा जग्गा फेला पार्नेलाई १० लाख रुपैयाँको इनाम दिने बताएका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गरेर मिथिला नगरपालिका १० स्थित लालगढमा आफ्नो र एमाले नेता महासेठको परिवारको कुनै पनि सदस्यको नाउँमा जग्गा रहेको प्रमाणित गर्नेलाई जग्गा उसैको नाउँमा नामसारी गरिदिने र नगद १० लाख रुपैयाँ इनाम पनि दिने जनाए ।

ढल्केवरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर नगरप्रमुख महतो र पूर्वमन्त्री महासेठले आफ्नो नम्बरी जग्गाको मुल्य बुद्धि हुने उद्देश्यले आफ्नो जग्गा नजिक लालगढ सारेको आरोप लगाउँदै समाजिक सञ्जाललगायत केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि नगरप्रमुख महतोले त्यसो भनेका हुन् ।

समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन समाचारमा कुनै सत्यता छैन् । राजनैतिक पूर्वाग्रहीका कारण मलाई बदनाम गर्ने षडयन्त्र गरेको हो, नगर प्रमुख महतोले भने । उनले कार्यपालिकाको निर्णयबाट ट्रमा सेन्टर निर्माणका लागि लालगढमा सिफारिस भएको दाबी गरे । लालगढ स्थित बौवा होेटल नजिक जग्गा देखाइएको तर त्यो जग्गापनि अहिलेसम्म निश्चित नरहेको नगरप्रमुख महतोले बताए ।

मेयर महतोले साविकको जग्गा प्राविधिकहरुले टाढा भएको भनेपछि मात्रै त्यो जग्गा देखाएको स्पष्ट पारेका छन् । नगरप्रमुख महतोले भने ट्रमा सेन्टरका लागि ढल्केवरसहित मिथिला नगरपालिका अन्तर्गत चार ठाउँमा छुटयाएको छु, ‘जुन उपयुक्त हुन्छ त्यहाँ नै बन्ने छ ।’

उनले भने मेरोे पनि चाहना हो ढल्केवरमै बनोस । तर राजमार्गसँग जोगिएका नगरपालिकाको एलानी ३ विग्घा जग्गाको आभाव छ र लालगढ पनि मिथिला नगरपालिकाकै क्षेत्र भएको हुनाले त्यहाँको बौवा होटल नजिक भनेका छौं । यदि कसैले ढल्केवरमा नेपाल सरकारको जग्गा देखाउंछन भने त्यहीका लागि सिफारिस गर्छौं नभए कुनै व्यक्तिले निजी जग्गा दिन चाहेमा त्यसका लागि आफू तयार छु ।

मन्त्रालयबाट खटिएको प्राविधिकलाई त्यस बेला मिथिला नगरपालिकाको वडा नम्बर ४ पुष्पवलपुर र वडा नम्बर १० लालगढमा देखाइएको जग्गामा मध्ये प्राविधिकले लालगढको जग्गा रोजेका हुन् । तर त्यो जग्गापनि अहिलेसम्म निश्चित छैन, नगरप्रमुख महतोले बताए ।

वर्षौदेखि प्रतिरक्षारत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गर्नका लागि बजेट छुट्याएपछि नगरप्रमुखले सो ट्रमा सेन्टर लालगढ सार्न लागेको आरोप लगाउँदै विभिन्न टिकाटिप्णी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार