Thursday 18th of July 2024

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन

0 Shares

काठमाडौं : नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कार्यभार सम्हालेका छन् ।

पद बहाली गर्दै मन्त्री अरगरियाले जनकपुरको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बताए ।

साथै मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरि आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका छन् ।

प्रतिक्रिया