Friday 20th of September 2024

राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको सुझाव

0 Shares

काठमाडौं ः नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्रीले उठाउनु राम्रो संकेत नभएको टिप्पणी गरेका हुन् । शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेका थिए ।

मन्त्री महतोको अभिव्यक्तिले देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने आशंका नेता भट्टराईको छ ।

‘पहिलो र दोस्रो संविधान सभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज ९शुक्रबार० नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन्,’ भट्टराईले लेखेका छन्, ‘संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।’

उनका अनुसार संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रतिक्रिया