Tuesday 11th of February 2025

बिजलपुरामा रहेको कुखुरा फर्ममा आगलागी हुँदा लाखौको क्षती

0 Shares

गौशाला ः महोत्तरीको बर्दिबास नगरपालिका–८ स्थित बिजलपुरा (रामानन्द चौक)मा रहेको कुखुराको फर्ममा शुक्रवार बेलुकी ३ बजेको समयमा आगलागी भएको छ ।

आगलागीमा उमेश कुमार महतोले सञ्चालन गरेको दुई वटा कुखुरा फर्ममा फर्म जलेर नष्ट हुँदा ३ लाख बरावरको क्षति भएको छ ।
कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगलागीपछी ईलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भई आगलागि भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया