
सिरहा ः सिरहाको मिर्चैयामा गोली लागेर एक जना घाईते भएको छ ।
आज (शनिबार) बेलुकी करिब ८ः३० बजेको समयमा मिर्चैया बजार स्थित गोली चलेको हो । गोली लागेर एक जना पुरुष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पुरुषको नाम ठेगाना अहिले खुल्न नसकेपनि उनको दाहिने खुट्टामा गोली लागेको जनाइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी सहितको टोली घटनास्थलको लागि निस्केको जनाईएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया