सिरहा अपडेट ः सिरहामा साफीमाथि गोली प्रहार

सिरहा ः सिरहाको मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

घाईते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

Breaking – सिरहामा गोली चल्यो, एक जना गम्भिर घाईते

प्रतिक्रिया

सम्बन्धित समाचार