सिरहा गोली प्रहार प्रकरण ः तीनजना शांकास्पद व्यक्ति पक्राउ

सिरहा ः सिरहाको मिर्चैयामा एक व्यवसायीमा पसलमै बसेको बेला गोली प्रहार भएको छ ।

मिर्चैया नगरपालिका ५ घर भइ मूख्य चोकमा सिद्धि मेडिकल हल सञ्चालन गरेका ३९ वर्षिय रामसागर साफीमामाथि गोली शनिबार बेलुकी ८ः३० बजेको समयमा गोली प्रहार भएको हो ।

पसलमा हिँसाब मिलान गरिरहेको बेला ३÷४ जनाको समूहमा आएका हतियारधारीले गोली प्रहार गरेको जनाइएको छ ।

दाँया खुट्टा र हातमा गोली लागेका साफी गम्भीर घाइते भएका छन् । उनको पचा मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भईरहेको प्रहरीले इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रोष्ठले जनाए ।

पसलमा हिँसाब मिलान गरिरहेको बेलामा एकाएक बत्ती गरएको मौकाछोपी साफीमाथि अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनको पसल इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको छ । घटस्थलमा पुगेर अनुसन्धान थालेको र तीनजना शांकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको सिरहाका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माले बताए ।

Breaking – सिरहामा गोली चल्यो, एक जना गम्भिर घाईते

सिरहा अपडेट ः सिरहामा साफीमाथि गोली प्रहार

प्रतिक्रिया