Friday 20th of September 2024

महोत्तरीको गौशालामा यौन दुव्र्यहारको उजुरी दर्ता गर्न प्रहरीले माग्यो वडा कार्यालयको शिफारिश ।।

0 Shares

महोत्तरी : गौशाला नगरपालिका वडा नं. – ७ जमुनियाँका एक ११ बषिया वालिकालाई यौन दुव्र्यवहार गरेको घटनाको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ ।

गत जेठ १७ गते स्थानिय विजय पासवानको छिमेकी एक ११ बर्षिय वालिकालाई अश्लिल हर्कत गरेको भन्दै पिडितपक्षले दिएको जाहेरी प्रहरीले अझै दर्ता गरिएको छैन । भाई सँग तरकारी (साँग) टिप्न गएको समयमा खेतमा दिसा गरिरहेको पासवानले आफुमाथि अश्लिल हर्कत गरेको पिडित युवतीले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा बताएकी छिन ।

पिडित वालिकाले भनिन अर्धनग्न अवस्थामा रहेका पासवानले आफुलाई उखुवारीमा लैजाने प्रयास गरिएपछि आफुलाई डर लागेपछि आफु घरतिर भागेको थियो । उनको हर्कत देखिएपछि ईटा भटामा काम गर्ने मजदुरहरुले आफुलाई बचाएको थियो । पछि आफु घरमा आएर आमालाई घटनाको वितान्त सुनाएपछि पिडितकी आमाले पासमानको खोजी गर्र्नेक्रममा नजिकेको पुल निजक फेला परेपछि घटनाको बारेमा त्यहाँका स्थानीयलाई सुनाएपछि स्थानीयले सबै कुरा बुझिसकेपछि प्रहरीमा उजुरी दिन सल्लाह दिए पछि पिडित पक्ष प्रहरी चौकी मगरथानामा जाहेरी दिन जादा त्यहाँको प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पिडितका वुवाले बताएका छन ।

पिडितका वाबुले दिएको जानकारी अनुसार प्रहरीले जाहेरी लिने क्रममा वडाको शिफारिस आवश्यक भएको भनेपछि आफुले फर्केर घर आएको थियो । आफुहरु न्यायको प्रतीक्षामा रहेकोले न्याय दिलाउनका लागि मानवअधिकारकर्मीसमक्ष आग्रह गरेका छन । वडा कार्यालयमा शिफारिस लिन आउदामात्र घटनाको सम्बन्धमा जानकारी प्राप्त भएको वडाअध्यक्ष किशुनदेव कुमरले बताएका छन ।

वडाअध्यक्ष कुमरले घटनामा संलग्न दोषीलाई कानुन अनुसार कारवाही गरि पिडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका छन । वडा कार्यालयले दोषीलाई वोलाएर घटनाको सम्बन्धमा सत्यतथ्य बुझनका लागि वोलाउदा सम्पर्कमा आउन नचाहेको तर उल्टै प्रहरीमा गएर आफुलाई कुटपिट सम्बन्धि मुदा दर्ता गरेको स्थानीय मिथलेश राउतले बताए । प्रहरी चौकीलाई उजुरी लिनका लागि कुनै पनि किसिमको वडा कार्यालयको शिफारिस नचाहिने ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पासमानलाई बचाउन ठुला ठुला टाउको अनि समाजको अगुवाई गरेर हिडनेहरुको दौडधुप बढेको छ । भाषण गर्नु पर्दा बालवालिका तथा नारीको विषयमा गहकिला तर्कहरु दिन कुनै कसर बाँकी राख्दैन नारी सशत्तिकरणको बारेमा होस या बेटी पढाउ बेटी बचाउ जस्ता सुमधुर नारालाई आफ्नो मुखारबिन्दुबाट उच्चाहरण गर्छन ।

यस्ता प्रवृतिका मानिसहरुलाई बचाउने प्रयास गर्नु अपराध गर्नेको मनोबल बढने स्थानीय बताउँछन ।

प्रतिक्रिया