महोत्तरीको गौशालामा जंगली हात्तीले तीन वटा घर भत्कायो

गौशाला ः महोत्तरीको गौशालामा जंगली हात्तीले तीन घर भत्काउँदा झण्डै एक लाख मुल्य बराबरको क्षति भएको छ ।

आईतबार राति गौशाला नगरपालिका –१० स्थित बिश्वर्कमा टोलमा हात्तीको समुहले घरको छाना भत्काएर अन्नपात खाएको र भाँडाकुँडा कुच्चाएको स्थानीयवासीले बताएका छन् ।

जंगली हात्तीलाई घटनास्थलबाट प्रहरी र स्थानीयवासीले राति नै जंगलतिर लखेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार