प्रदेश २ ः जन्ती रोक्न खोजेपछी झडप, डीएसपीसहित ६ जना प्रहरी घाइते

रौतहट : प्रदेश २ को रौतहट जिल्ला स्थित गरुडामा निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ ।

प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार