Saturday 12th of October 2024

मन्त्रीबाट पदमुक्त भएपछि जितेन्द्र सोनल मोटरसाइकल चढेर घर फर्किए

0 Shares

जनकपुरधाम ः प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएपछि जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट घर फर्किएका छन् ।

सोमबार विहान मधेस भनवस्थित निजी निवासमा उनले सञ्चारकर्मीहरूलाई आफूले गरेका कार्य संक्षिप्त रूपमा सुनाएका थिए । सो क्रममा सहयोगीलाई धन्यवाद दिँदै उनी मधेस भवनबाट बाहिरिएका हुन् ।

करिब सावा तीन वर्षे कार्यकालमा सडक, सिँचाई, दलित उत्थान, महिलाको सम्मान र किसानका लागि उल्लेख्या काम गरेको सोनलले बताए । आफूले प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक, खेत खेतमे पानी हाथ हाथमे काम, जनता अवास, दलित छात्रावास भवन, जेष्ठ नागरिक अवास लगायतका ऐतिहासिक कामहरू गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया