Saturday 12th of October 2024

अन्लाइन क्लास चल्दा चल्दै शिक्षक र विद्यार्थीबीच प्रेम, गरे विवाह

0 Shares

काठमाण्डौ ः  योप्रेम भन्ने कुरा पनि कहिले कससँग पर्छ, थाहै हुन्न ।

भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न पुगेका छन् । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे ।

पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे ।

रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायतमा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् । काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्डस्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।
जूम र ह्वाट्सयापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछिपछि रोहित र काजलको प्रेम बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।

गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया