Monday 24th of June 2024

अधारभुत स्वास्थ्य  सेवा केन्द्रको भवन उदघाटन,

0 Shares
महोत्तरी / मटिहानी नगरपालिका वडा नं. ३ बरदाहामा अधारभुत स्वास्थ्य चाैकी भवनको निर्माण कार्य सम्पन्न भएको छ । नवनिर्मित भवनको एक समारोह वीच मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मंडलले उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले हरेक नागरिकलाइ स्वास्थ्य सेवा पुर्याउने उदेश्यले याहाँ  स्वास्थ्य चाैकी स्थापना गरिएको कुरा बताउनु भयो ।
१ ल्याव कोठा, १ हल र २ कोठे सो  स्वास्थ्य चाैकी ३७ लाखको लागतमा निर्माण भएको कुरा न.पा.का इन्जिनियर बिमलेश साहले बताउनु भयो । स्वास्थ्य चाैकी निर्माण संगै संचालनमा अाएमा त्यस गाँउको साैयाै जनतालाइ स्वास्थ्य सेवा बाट फाइदा पुग्ने छ ।
मटिहानी नगरपालिका वडा नं. ३ बरदाहामा आजदेखि PCC ढलान सडकको निर्माण कार्य सुरु भएको छ ।
 यसै विच मटिहानी नगरपालिका वडा नं. ३ को वडागत योजना अन्तर्गत १३१ मिटरको सडक १० लाखको लागतमा निर्माण हुने कुरा न.पा.का इन्जिनियर बिमलेश साहले बताउनु भयो । यसै विच निर्माण हुने सो सडकको अाज एक समारोह वीच  मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मंडल र वडाअध्यक्ष लेयाकत कवारीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । सडक निर्माण भएपछि त्यस गाँउका जनतालाइ आवतजवातमा सहयोग पुग्ने छ ।
प्रतिक्रिया