गौशाला / मापदण्ड विपरीत सडक निर्माण गरिररहेको भन्दै गौशाला नगरपालिका वडा नं. ९ विषहरपुरका स्थानियहरुले आपति जनाएका छन । महोत्तरी क्षेत्र नंंं. १ का प्रतिनिधीसभा सदस्य गिरीराजमणि पोखरेलको संसदिय विकास योजना मार्फत १० लाखको लागतमा निर्माण भईरहेको सो सडक गुणस्तरहीन एवम मापदण्डविपरीत निर्माण गर्दै आएको भन्दै स्थानियहरुले विरोध जनाएका हुन ।
गौशाला नगरपालिका संरक्षण रहेको सो सडक निर्माणको क्रममा उपभोक्ता समितिमा निर्मित पिसिसि सडक गुणस्तहीन भएको भन्दै आफुहरु विरोधमा जनाएको स्थानिय नामेन्द्र सिंह दनुवारले बताउनुभयो । दश लाखको बजेटमा ढलान एकै ठाउँमा नभई तिन ओटा सडकमा गर्नुपर्ने भएको दनु्वारले जानकारी दिनुभयो ।
स्थानीय श्याम सिंहको घर देखी विरबहादुर चौधरीको घरसम्म , उपीन्दर चौधरीको घर देखी शंकर सिंहको घरसम्म र रामदेव चौधरीको घर देखी दुलार सिंहको घरसम्म निर्माण गर्नका लागी वजेट पुस्तिकामा उल्लेख भएता पनि सो अनुसारको सडक निर्माण नभएको पार्ईएको छ ।
निर्माणाधीन सडकको अवस्था
वजेट पुस्तिकामा उल्लेख भएअनुसारको सडक निर्माण नभई स्थानीय रामदेब चौधरीको घर देखी दुलार चौधरीको मुलबाटोसम्म जोडने सडक नियम विपरीत सडक निर्माण गरिएको हो । वजेट पुस्तिकामा उल्लेख भएअनुसार पश्चिम तर्फ निर्माण भएको सडकमा १० फिट चौडाई, ६ इन्च ग्राभेल र ६ इन्च पिसिसि ढलान गर्नु पर्नेमा २ इन्च ग्राभेलमा कहि १० फिट, कहि ८ फिट, कहि ११ फिट गरी लगभग ५० मीटर ढलान भए पछि स्थानीयहरु आक्रोसित भएको हो ।
स्थानीय नोमरेन्दर दनुवारले भने वजेट पुस्तिका अनुसार ढलान नभएपछि हामी स्थानीयहरुले ढलान गर्नमा रोक लगाएका हौं । नगरपालिकाको कार्यालयबाट समयमै अनुगमन ननिस्किएको मौका छोपी समितिले मनपर्दी रुपमा सडक निर्माण गरेको कारण अहिले यस्तो सिर्जना भएको स्थानीय दनुवारले बताउनुभयो । सडक निर्माणको क्रममा ६ इन्च ग्राभेल नराखी २ इन्च मात्र ग्राभेल राखी सडक ढलान हुँदा निर्माण सडक गुणस्तहीन रहेको दनुवारको धारणा छ ।
रेडियो रुपान्तरणका संचारकर्मीले उपभोक्ता समितिका अध्यक्ष रामदेव चौधरीसंग सोधपुछ गर्दा आफुलाई यस बारे राम्ररी थाहा नभएकोे र ठेक्केदारले दिएको निर्देशनअनुसार गरेको चौधरीले बताए ।
उपभोक्ता समितिका अध्यक्ष रामदेव चौधरी रेडियो रुपान्तरणसँग कुराकानी गर्नुहुँदै………
आर्थिक वर्ष २०७७।०७८ को संसदीय विकास योजना अन्र्तगत १० लाखको लागतमा निर्मित सो सडक उपभोक्ता समितिमार्फत भएको हो ।
फोटो / भिडियो : विवेक कुशवाहा