करेन्ट लागेर मजदुरको ज्यान गयो

सर्लाही ः सर्लाहीको बागमतीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका –३ धरहरामा स्थित कृष्ण उप्रेतीको वंगुरपालनको लागि खोर बनाउने क्रममा मजदुरी गर्ने बागमती नगरपालिका–२ घर भएका ३३ वर्षीय हरिकृष्ण मण्डलको मृत्यु भएको हो ।

खोरको छाना छाउने क्रममा जस्ता पत्ता उचाल्दा गाउँमा विद्युत वितरणका लागि ल्याईएको ११ हजार भोल्टको तारमा छोएपछि मण्डल गम्भीर घाईते भएका थिए ।

हरिवनको सुखेपोखरीस्थित सर्लाही जिवन अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया