Thursday 10th of October 2024

गौशालामा हात्तीपिडितले पाए राहत सामाग्री (भिडियो सहित)

0 Shares

गौशाला ः महोत्तरीको गौशालामा वस्तीमा पसेको हातीले जनधनको क्षति गरिएको घरपरिवारलाई महामारी नियन्त्रण र व्यवस्थापन समितीले राहत वितरण गरिएको छ ।

मंगलवार समितीले गौशाला नगरपालिका १० मा पुगेर स्थानिय रामएकवाल मण्डल, रामदरेश मण्डल, विरेन्द्र मण्डलको परिवारलाई राहत सामग्री वितरण गरिएको हो । राहत स्वरुप उनीहरुलाई जनही १ बोरा चावल, १ प्याकेट नुन, १ प्याकेट खानेतेल, आलु र प्याज वितरण गरिएको हो ।No description available.

पिडित परिवारका अनुसार हातीले आक्रमण गरेर जनधनको क्षति पुर्याएपनि हालसम्म जनप्रतिनिधीले राहतको लागि उचित व्यवस्थापन नगरेपछि सो संस्थाले राहत वितरण गरिएको हो । राहत पाएपछि पिडितहरुलाई केहीमात्रामा खानपिनको लागि सहयोग भएको हो । यसअघि वडा नं. १० का वडाअध्यक्ष शेष जलिलले घटनास्थलमा आएर सत्यतथ्य बुझेर गएपछि कुनै किसिमको गतिविधी संचालन नगरेको पिडितले बताए ।No description available.

पिडितहरुका अनुसार आफुहरुले गौशाला नगरपालिकाको कार्यालयमा गएर घटनाको सम्बन्धमा जानकारी गराउदा समेत नगरपालिकाको कार्यालयबाट उपमेयर आशा लामाको टोली आएपनि राहतको सम्बन्धमा कुनै किसिमको सुनवाई हुन सकेको छैन ।No description available.

त्यस्तै ईलाका प्रहरी कार्यालयले मचुल्का उठाउनका लागि फुर्सद नभएको भन्दै आफुहरुलाई ढाँटदै आएको ब्ुझिएको छ । यस सम्बन्धमा प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले पिडितपक्ष कार्यालयमा नआएपछि मुचुल्का बनाउन नसकेको जानकारी दिनुभयो ।No description available.

आईतबार मध्यराति जंगलवाट आएको हातीको एक झुण्डले जंगल छेउमा रहेको वस्तीको घरपरिवारका क्षति पुर्याएपछि स्थानियहरु तर्सिएका छन ।

No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया