राष्ट्रपति माथि झापड प्रहार

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोमाथि झापड प्रहार भएको छ । दक्षिणी फ्रान्सको भ्रमणका क्रममा उनीमाथि एक व्यक्तिले झापड हानेका हुन् ।

राष्ट्रपति माक्रो बाटोमा उभिएका व्यक्तिहरुसँग कुराकानी गरिरहेको अवस्थामा ती व्यक्तिले उनलाई झापड हानेका थिए ।

लगत्तै राष्ट्रपतिको सुरक्षा टोलीले उक्त घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको बिबिसीले जनाएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै राष्ट्रपतिमाथि आक्रमण प्रयास भएको जनाएको छ । यसले राष्ट्रपतिको नियमित कार्यक्रम नबिथोलिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार