महोत्तरीमा स्थानीयहरुले चोर समाते

गौशाला ः महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ खखनाबाट गोरु चोरेर भागिरहेको अवस्थामा स्थानियहरुले चोरलाई समातेको छ ।

केहिदिन देखि प्रत्येक गाउँ टोलमा चोरीको बिगबिगि बढन थालेपछी स्थानियहररुले समानको सुरक्षा गर्न रातिभरी जागेर बसने गरेका छन । मंगलबार राती करिब १२ बजे अन्दाजी २५ वर्षको युवकले, वडा नम्बर ३ खखना बस्ने बृजेश यदवको घरको ढोका खोली गोरु लिएर भागी रहेको अवस्थामा स्थानीयहरु चोरलाई समातन सफल भएका छन ।

गोरु चोरने युवकलाई अहिले स्थानियहरु नै राखेको छ ।यता वडामै रहेको रघुनाथपुर प्रहरी चौकीलाई गोरुचोरलाई लैजान खबर गरेको तर अहिलेसम्म नपुगेको स्थानिय लेलिन यादवले जनाएका छन ।

प्रतिक्रिया