Saturday 20th of April 2024

एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

0 Shares

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।

एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।

३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।

उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।

आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा पुगेका रहेछन् ।

१० सन्तान एकैपटक पाएर परिवार दंग छ ।

सबै बच्चाहरू स्वस्थ छन् र आमाको स्वास्थ्य पनि राम्रो छ ।

अब यी बच्चाहरूलाई जोगाएर हुर्काउने चुनौती परिवारलाई छ ।

प्रतिक्रिया