0
Shares

गौशाला ः प्रदेश २ को पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा उल्लंघन गरी पसल खोल्ने १६ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको समयमा अति आवशयक बाहेकका पसलहरु नखोल्ने निर्देशन विपरीत पसल खोल्ने १६ व्यापारी पक्राउ परेको हो ।
पक्राउ पर्नेमा स्टेशनरी पसल, सिलाई कटाई पसल, ईलेक्ट्रोनिक, पान भण्डार, हार्डवेयर सप्लायर्स लगायतका निषेधाज्ञाको समयमा पसलहरु खोल्ने व्यक्तिहरु रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई अब उप्रान्त निषेधाज्ञाको समयमा पसल नखोल्ने शर्तमा सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।