रौतहटबाट ३० लाख रुपैयाँसहित दुई जना पक्राउ

रौतहट ः रौतहटको रामपुरखापबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको हो ।

बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा र्पुयाउन आएको प्रहरीलाई बयान दिएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार