प्रदेश २ मन्त्री परिषदको विस्तार, काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ । आजै साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको हो ।


नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका,  युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।


नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै सपथ ग्रहण गराउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार