बर्दिबास ः महोत्तरीको बर्दिबासमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका –३ गौरिडाडाका १६ बर्षिय किशोर मनिष सुनार रहेको प्रहरीले जनाएको छ ।
बुधबार घर अगाडी तरकारी टिप्न जादा गौमन सर्पले टोकेको थाहा पाउनासाथ उपचारको लागी सर्पदश उपचार केन्द्र बर्दिबासमा तत्काल र्पुयाएतापनी पर्याप्त उपचारको अभावमा सुनारको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
‘स्वासप्रस्वासमा समस्या भएपछी भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भन्दै उपचारमा सग्लन चिकित्सकहरुले सल्लाह दिए तर अस्पताल खोज्दा–खोज्दै उस्को मृत्यु भयो ‘ मृतकका छिमेकी दल बहादुर थापाले भने ।
बर्दिबास जस्तो ठाउँमा बिरामीले भेन्टिलेटरको अभावमा ज्यान गुमाउनु भनेको अत्यन्त दुखद भएको बताउदै स्थानियहरुले भेन्टिलेटरको ब्यवस्थापन गरेर नागरिकहरुको मृत्यु हुनबाट बचाइदिन स्थानिय सरकारलाइ आग्रह गरेका छन् ।
यता मृतक किशोर सुनारको भेन्टिलेटर कै अभावमा ज्यान गएको सर्पदश उपचार केन्द्रका उपचारमा सग्लन स्वास्थ्यकर्मी पदम गुरुङले स्वीकार गरे । ‘किशोरले नजिकमा उपचार हुदा पनि ज्यान गुमाउदा दुस्ख लागेको छ तर एउटासम्म भेण्टिलेटर भएको भए सायत उनी बाच्थे’ गुरुङले भने ।