Saturday 20th of April 2024

मन्त्री कुशवाहाले गरे सरस्वती मन्दिरको शिलान्यास

0 Shares

रामगोपालपुर ः महोत्तरीको टिकुलियामा एक समारोहमा शुक्रबार आधारभूत बिद्यालयको प्ररिसरमा प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिकुलिया बजारमा स्थित रहेको आधारभूत बिधालयमा प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मंडल र नगर उपप्रमुख सिता देवी साहद्वारा संयूक्त रुपमा उक्त मन्दिरको शिलान्यास गरिएको होे ।May be an image of one or more people, people sitting, people standing and outdoors

शिलान्यास कार्यक्रममा उक्त मन्दिर निर्माणको लागि सस्तर्क अनुदानको बजेटबाट २० लाख रुपैया प्रदान गरेको प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाले बताए ।

शिलान्यास कार्यक्रममा वडा ८ का वडा राम विलास मण्डल ,वडा सदस्यहरु, जसपा पार्टीका नगर संयोजक रामबाबु मण्डल,शिक्षक , समाजसेवी, बुद्धिजिबी, पत्रकार र विभिन्न पार्टीका कार्यकर्ता लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया