
गौशला ः महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक जना मम्भिर घाईते भएका छन् । सोनमा गाउँपालिक वडा नम्बर – ७ हनुमान चौक स्थित शुक्रबार विहान भएको मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा वडा नम्बर ७ कै वर्ष ६५ को शिवजी साह सोनार रहेको प्रहरीले जनाएको छ ।
गौशालाको फुलकाहाबाट सुन्दरपुर तर्फ जादै गरेको बा.९० प २७१ नम्बर को मोटरसाईकलले ठक्कर दिई मोटरसाईकल चालक फरार रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए ।
घाइते साहलाई उपचारका लागि जनकपुर स्थित रहेको रामजान्की हस्पिटलमा पठाएको प्रहरी निरीक्षक वस्यालले बताए ।
मोटरसाइकल अहिले मगरथाना चौकीको नियन्त्रणमा राखिएको छ भने चालकको खोजितलासी तिब्र रुपमा भईरहेको प्रहरी निरीक्षक वस्यालले बताए ।
प्रतिक्रिया