Tuesday 21st of January 2025

इन्सेकका प्रतिनिधिलाई कुटपिट गरि मोटरसाइकल र गहना लुट्ने एकजना पक्राउ

0 Shares

सर्लाही ः सर्लाहीको मलंगवामा मोटरसाइकल र नगद लुटपाट गरेको अभियोगमा प्रहरीले एकजना जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलंगवा नगरपालिका वडा–२ बस्ने ३५ वर्षीय बिनोद साह रहेका छन् ।

उनलाई मलंगवा नगरपालिका–२ पब्लिक स्कुल स्थित झन्डा बजार देखि उतर ५० मिटर रिङ रोडमा शुक्रबार बिहान ७ बजे इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि सोही नगरपालिकाको वडा–३ निवासी बुधन साहलाई कुटपिट गरि चाँन्दीको ब्रास्लेट र BR30 T 9429 मोटरसाइकल लुटेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुटपिट तथा लुटपाटमा संलग्न बिनोद साह पक्राउ परिसकेकोले चाँडै नै मोटरसाइकल पनि बरामद हुने प्रहरीले आश्वासन दिएको पिडित इन्सेक प्रतिनिधि साहले बताए ।

प्रतिक्रिया