Saturday 12th of October 2024

प्रदेश २ को यी नगरपालिकामा कुर्शी तोडने चलन !

0 Shares

जनकपुरधाम ः प्रदेश नम्बर २ को धनुषा जिल्ला स्थित धनौजी गाउँपालिकाको विवाद अझै चुलिएको छ ।

केही दिनअघि मात्र धनौजी गाउँपालिकाकी उपप्रमुख रामबति देवी मण्डलले जनप्रतिनीधिबीचको विवादमा कुर्शी तोडेर फालेको घटना नसेलाउँदै शुक्रबार एक वडाध्यक्षले पनि कुर्शी नै तोडेका छन् ।

केही दिनअघि उपप्रमुख मण्डलले कुर्शी तोडदै गरेको भिडियो

आज भएको जनप्रतिनीधिहरुबीचको विवादको क्रममा गाउँपालिकाको कुर्शी तोडिएको हो । धनौजी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम दुलार मण्डलले गाउँपालिकाको कुर्शी तोडेका हुने । करिब ४ वर्षकै अवधीमा धनौजी गाउँपालिकामा आधा दर्जन हाकिम परिवर्तन गरेपछि आक्रोसित वडाध्यक्षले गाउँपालिका प्रमुख बद्रीनरायण सिँह र उपप्रमुख रामबति देवी मण्डल मण्डलको विरोध गर्दै कुर्शी तोडेका हुन् ।

गाउँपालिकाको लागि निमित्त प्रमुख प्रशाकीय अधिकृत गौरीशँकर मण्डललाई हटाएर पुनः अर्को अधिकृत ल्याउन खोजेपछि विवाद चर्किएको हो । प्रत्येक वर्ष असार मसान्तमै अध्यक्ष र उपाध्यक्षले मिलीभगत गरी नयाँ नयाँ अधिकृत ल्याउने गरिएको आरोप छ ।

सोही विरोधमा केही वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेको थियो । उनीहरुले आफ्नो स्वार्थको लागि हरेक वर्ष असार मसान्तमै नयाँ अधिकृत ल्याएर घप्ला गर्ने योजना बनाएको आरोप लगाएको हो ।

वडाध्यक्षले कुर्शी तोडफोड गरेपछि गाउँपालिकाकी उपप्रमुख, प्रमुख र वडाध्यषहरुबीच सहमति भएर यो आर्थिकवर्ष सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरीशँकर मण्डललाई नै निरन्तरता दिन दिने गरी सहमति गरेको हो । स्रोत ः न्यूज ब्यूरो

प्रतिक्रिया